ब्रेकिङ न्युज

6/recent/ticker-posts

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको मिति संशोधन, १० गते उदघाटन

३ असोज काठमाडौं ।  नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलनको मिति फेरि संशोधन गरिएको छ ।

बुधबार सम्पन्न कार्यालयको बैठकले राष्ट्रिय सम्मेलन असोज १२ गतेदेखि १५ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो। तर अध्यक्ष प्रचण्डको उपस्थितिमा केन्द्रीय समितिको बैठकबाट तोकिएको सम्मेलनको मिति कार्यालय टिमका केही सदस्यहरु बसेर संशोधन गरेको भन्दै आलोचना पनि भएको थियो । त्यसपछि पार्टी अध्यक्ष प्रचण्ड सहितका नेताहरुसँग परामर्श गरेर दुई दिन अघि सारिएको हो ।

बिहीबार फ्र्याक्सन इञ्चार्ज हिमाल शर्मासहित बसेको बैठकले राष्ट्रिय सम्मेलन असोज १० देखि १३ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । ‘१२ देखि १५ गतेसम्म गर्दा सम्मेलन दशैंको घटस्थापना नजिकै पर्ने भएकोले १० गतेदेखि नै सुरू गर्ने निर्णय भयो,’ अखिल क्रान्तिकारीका एक पदाधिकारीले भने ।

यसअघि असोज २  देखि ५ गतेसम्म चितवनमा राष्ट्रिय सम्मेलन गर्ने तयारी थियो । तर आन्तरिक गुटबन्दीमा फसेको अखिल क्रान्तिकारीले तयारी नपुगेको भन्दै सम्मेलनको मिति १२ देखि १५ गते गर्ने भनेको थियो ।

अब भने राष्ट्रिय सम्मेलन नसर्ने र असोज १० गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने अखिल क्रान्तिकारीका उपाध्यक्ष एवम् प्रवक्ता जीपी मैनालीले बताए ।

प्रवक्ता मैनालीका अनुसार असोज १० गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पस प्राङ्गणमा राष्ट्रिय सम्मेलन उदघाटन गर्नेछन् ।

११ गते विधान प्रतिवेदन प्रस्तुत हुनेछ भने नयाँ नेतृत्व चयनका लागि १२ गते निर्वाचन गर्ने तालिका बनाइएको छ ।

१३ गते सम्मेलनले गरेका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन  हुनेछ ।



from Online Khabar https://ift.tt/JtkYZq1

Post a Comment

0 Comments