ब्रेकिङ न्युज

6/recent/ticker-posts

हारका बाबजुद गुलशनलाई प्लेयर अफ द म्याच अवार्ड

३ असोज, काठमाडौं – नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए ।

२२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ मेडनसहित ४७ रन खर्चेर ५ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन जोडेको थियो । तल्लोक्रममा गुलशन झाले ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । जसक्रममा उनले ४६ औं ओभरमा ओमानका कप्तान अकिब इलियासलाई समान दुई चौका र छक्कासहित २३ रन प्रहार गरेका थिए ।

खेलपछि उक्त अलराउन्डर प्रदर्शनमा टोलीले हारेको कारण आफू खुसी नभएको गुलशनले बताएका छन् ।

‘म खुसी छैन । हामी जितको अवस्थामा हुन सक्थ्यौं र तर हार्न पुग्यौं । तर ठिकैछ’, गुलशनले भने । त्यसैमा थपे, ‘म मेरो देशको लागि खेल्न सधैं मन पराउछु ।  म कृतज्ञ र गर्व गर्दछु हो । मैले आफ्नो भूमिका बलिङमा रमाई रहेको छु । स्पिनरमाथि खेल्ने मेरो खुबी हो ।’

 



from Online Khabar https://ift.tt/8U5LwRG

Post a Comment

0 Comments