ब्रेकिङ न्युज

6/recent/ticker-posts

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

१२ असोज, काठमाडौं – क्यानडाले त्रिकोणात्मक टी२० आई सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई १ सय २४ रनको लक्ष्य दिएकोछ । किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ८ विकेट गुमाउँदै १२३ रन बनायो ।

क्यानडा साद बिन जाफरले १८ बलमा ३ चौकासहित सर्वाधिक २३ रन बनाए । श्रेयस मोभ्भाले २३ बलमा १ चौका र १ छक्कासहित २२, आरोन जोनसन ९, नवनित धालिवाल १४, निकोलस किर्टोन ५ र हर्ष ठाकेरले १ रन बनाए । तल्लोक्रममा प्रविन कुमारले १३ बलमा २ छक्कासहित १९ तथा अखिल कुमारले १४ रन बनाए ।

नेपालका स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए ।

दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा ११ रन खर्चेर १ विकेट लिए । डेब्यू गरेका बलर रिजन ढकालले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए ।

 



from Online Khabar https://ift.tt/8N6I7UF

Post a Comment

0 Comments