धनगढी । कञ्चनपुरमा ११८ ग्राम ३६ मिलिग्राम लागुऔषध खैराे हेराेइनसहित दुई जना पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय पुनर्वासकाे संयुक्त टाेलीले पुनर्वास नगरपालिका-३ काे आईबीआरडीबाट दुई जनालाई पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय अमितकुमार वर्णवार र बेलाैरी नगरपालिका-२ बस्ने सितादेवी चाैधरी रहेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युराे शाखा कार्यलय महेन्द्रनगरका प्रहरी नायब निरीक्षक केशवराज जाेशी र इलाका प्रहरी कार्यालय पुनर्वासको संयुक्त टाेलीले उक्त अप्रेसन गरेकाे थियाे ।
सुदूरपश्चिम प्रदेशमा याे एकैपटक ठूलाे मात्रामा लागुऔषध खैराे हेराेइन बरामद भएकाे पहिलोपटक हाे ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय पुनर्वासले नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेकाे छ ।
from Online Khabar https://ift.tt/SKNx62w
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।