ब्रेकिङ न्युज

6/recent/ticker-posts

अध्यादेश ल्याउनु बाध्यता हो : मन्त्री कार्की

१० भदौ, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले ल्याएको अध्यादेशलाई बाध्ययात्मक भएको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको अध्यादेशलाई एमाले फुटाउने षडयन्त्र भएको भन्दै आलोचना भैरहँदा सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले अध्यादेश संसदको स्थिरताका लागि ल्याइएको जिकिर गरेका हुन् ।

बुधबार निर्वाचन क्षेत्र सुनसरी पुग्नु भएका मन्त्री कार्कीले ओली सरकार स्वार्थ केन्द्रित बन्दा मुलुक अनिर्णयको बन्दी बनेको तर्फ तर्क गर्दै जारी अध्यादेश मुलुकको निकास र सम्वृद्धिका लागि भएको बताए ।

कार्कीले वर्तमान सरकार छिट्टै विस्तार हुने पनि बताएका छन् । उनले गठबन्धनको संस्कृतिलाई बलियो बनाएर लैजाने भन्न्ो विषयमा छलफल जारी रहेकाले सरकार विस्तारमा ढिलाइ भएको बताए ।

मन्त्री कार्की कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रको विस्तार र स्थानीयको समस्या बुझ्न सुनसरी पुगेका हुन् ।

मन्त्रीसँगै पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षक विभागका महानिर्देशकसहितको टोलीले स्थानीयले झेल्दै आएको हात्तीसहितका जंगली जनावरको आक्रमण रोक्न आवश्यक कार्य योजना अघि बढाउने विषयमा पहल चाल्ने बताएको छ ।



from Online Khabar https://ift.tt/3DcYGSl

Post a Comment

0 Comments