ब्रेकिङ न्युज

6/recent/ticker-posts

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

१० भदौ, काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । एमालेबाट फुटेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले मान्यता पाएपछि एमाले बैठक बस्न लागेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक आज दिउँसा १२ बजे बोलाएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानमा बस्ने तय भएको छ ।

१० बुँदे सहमति कार्यान्वयनको अर्काे सहमति भएपछि माधव नेपाल पक्षका दोस्रो तहका नेताहरु एमालेमै र्फकेपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्दै छ ।

यो बैठकमा पार्टी फुटको प्रभाव, १० बुँदे कार्यान्वयलगायतका विषयमा छलफल हुने बताइएको छ ।



from Online Khabar https://ift.tt/2WsUjlx

Post a Comment

0 Comments