ब्रेकिङ न्युज

6/recent/ticker-posts

आईसीसी यु-१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै, एसियाबाट युएई छनोट

१० भदौ, काठमाडौं । आईसीसी यु-१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै हुने भएको छ ।

आईसीसीले बुधबार अमेरिका, एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रको छनोट कोभिड-१९ का कारण रद्द भएको जनाएको छ ।

छनोट रद्द भएपछि अमेरिका क्षेत्रबाट क्यानडा, एसियाबाट युएई र इस्ट एसिया प्यासिफिकबाट पपुवा न्यु गिनी सिधै यु-१९ विश्वकपकमा छनोट भएका छन् ।

आईसीसी डेभलपमेन्ट कमिटी र आईसीसी बोर्डले स्वीकृत गरेको गाईडलाइन्स अनुसार यी तीन छनोट आयोजना गर्न नसकिने आईसीसीले विज्ञप्तीमार्फत जनाएको छ ।

त्यसैले पछिल्लो ५ यु-१९ छनावट प्रतियोगितामा प्राप्त जितका आधारमा आईसीसीले तीन टपमलाई सोझै छनोट गरेको हो ।

यु-१९ विश्वकप अर्को वर्ष वेष्ट इन्डिजमा हुनेछ।



from Online Khabar https://ift.tt/3zpHPJO

Post a Comment

0 Comments