ब्रेकिङ न्युज

6/recent/ticker-posts

म्याथ्युज कुन्हा एट्लेटिको मड्रिडमा अनुबन्धित

१० भदौ,  काठमाडौं । स्पानिस क्लब एट्लेटिको मड्रिडले ब्राजिलियन खेलाडी म्याथ्युज कुन्हालाई अनुबन्ध गरेको छ । एट्लेटिकोले कुन्हालाई जर्मन क्लब हेर्था बर्लिनबाट बुधबार अनुबन्ध गरेको जनाएको छ । यससँगै एट्लेटिकोको फरवार्ड खोजी प्रक्रिया पनि पूरा भएको छ ।

फियोरेन्टिनाका डुसान भ्लाहोभिकसँग सहमति हुन नसकेपछि एट्लेटिकोले कुन्हालाज्ञ भित्र्याएको हो ।

कुन्हाले एट्लेटिकोसँग ५ वर्षको सम्झौता गरेको क्लबले जनाएको छ ।

२२ वर्गीय कुन्हा भर्सटायल खेलाडी हुन् । उनली स्ट्राइकर, विंगर देखि अट्यकिङ मिडफिल्डरको रुपमा समेत खेल्न सक्छन् ।

कोरिटिबा एकेडेमीको उत्पादन कुन्हाल सन् २०१७ मा १८ वर्षको उमेरमा स्वीस क्लब सिओनमा अनुबन्ध भएका थिए ।

त्यसपछि उनी जर्मन क्लब आरबी लाइपिजग हुँदै हेर्था बर्लिन पुगर् थिए ।

कुन्हाले ब्राजिलियन यु-२३ टिमबाट जापनमा भएको टोकियो ओलम्पिकमा पुरुष पुटबलमा स्वर्ण जितेका थिए ।



from Online Khabar https://ift.tt/3yig58q

Post a Comment

0 Comments