ब्रेकिङ न्युज

6/recent/ticker-posts

गुल्मीमा जिप दुर्घटनामा तीनको मृत्यु, ६ जना घाइते

गए राति जिप दुर्घटना हुँदा यहाँ तीनजनाको मृत्यु र  अन्य छजना घाइते भएका छन् । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु१ज ४४९० नम्बरको जिप गए राति रेसुङ्गा नगरपालिका–१०स्थित पाँचरातेमा दुर्घटना भएको हो ।दुर्घटनामा परी ज्यान गुमाउनेमा मुसिकोट नगरपालिका-२ जलजलेका ७० वर्षीय क्षेत्रबहादुर थापा, सोही ठाउँका ४६ वर्षीया राधिका थापा र मुसिकोट नगरपालिका–३ चुँदारी गाउँका  १९ वर्षीया सङ्गीता सुनार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए

from रातोपाटी https://ift.tt/3AMvOOa

Post a Comment

0 Comments