ब्रेकिङ न्युज

6/recent/ticker-posts

नापोली बराबरीमा रोकियो, एसी मिलानको सहज जित

१६ मंसिर, काठमाडौं । इटालियन सिरी ए मा शीर्ष स्थानको नापोली बराबरीमा रोकिँदा दोस्रो स्थानको एसी मिलानले सहज जित हात पारेको छ ।

नापोलीले दुई गोलको अग्रता लिए पनि कायम राख्न नसक्दा ससुलोसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ ।

फाबियन र ड्राइ मर्टेन्सको गोलमा नापोलीले ६० मिनेट भित्र दुई गोलको अग्रता बनाएको थियो । तर ससुलोले पुनरागमन गर्दै दुई गोल फर्कायो ।

ससुलोका लागि जियानलुका स्माक्का र जियन मार्को फेरारीले अन्तिम २० मिनेट भित्र गोल गर्दै अंक खोसेका थिए ।

बराबरीपछि १५ खेलबाट ३६ अंक जोडेर नापोली शीर्ष स्थानमै छ ।

तर दोस्रो स्थानमो मिलानले जेनओअलाई ३-० ले पराजित गर्दै अंकदूरी १ मा झारेको छ ।

मिलानको जितमा जुनियर मेस्सीएसले दुई तथा ज्लाटन इब्राहिमोभिचले गोल गरे ।

जितपछि मिलानले १५ खेलबाट ३५ अंक जोडेको छ । जेनोअ १० अंक जोडेर १८ औं स्थानमा छ ।



from Online Khabar https://ift.tt/3pBV1Yn

Post a Comment

0 Comments