ब्रेकिङ न्युज

6/recent/ticker-posts

पीएसजी बराबरीमा रोकियो

१६ मंसिर, काठमाडौं । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) निससंग बराबरीमा रोकिएको छ ।

बुधबार राति भएको खेलमा पीएसजीले निससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु मैदानमा पीएसजीले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न नसक्दा एक अंकमै चित्त बुझाएको हो ।

एन्जल डि मारिया र किलिएन एमबाप्पेल गोल गर्ने अवस रगुमाएका थिए । खेलमा पीएसजीले गोलका लागि २० सट प्रहार गरेपनि सफल हुन सकेन ।

खेलअघि पीएसकीका लिओनल मेस्सीको बालोन डे’ओर अवार्ड र गोलकिपर जियानलुगी डोनारुम्माको यासिन ट्रफी सार्वजनिक गरिएको थियो । यसै सिजन पीएसजी आएका मेस्सीले कीर्तिमानी सातौ पटम बालोन डे ओर जितेका हुन् । यस्तै डोनारुम्माले पहिलो पटक उत्कृष्ट गोलकिपरको अवार्ड जिते ।

बराबरीपछि शीर्ष स्थानको पीएसीले १६ खेलबाट ४१ अंक जोडेको छ । पीएसजीले एक खेल कम खेलेको दोस्रो स्थानको मार्सेस माथि १२ अंकको अग्रता बनाएको छ । निस १६ खेलबाट २७ अंक जोडेर चौथो स्थानमा छ ।



from Online Khabar https://ift.tt/3G4FHd3

Post a Comment

0 Comments