ब्रेकिङ न्युज

6/recent/ticker-posts

ए डिभिजन लिग : मछिन्द्र र संकटाले गोलरहित बराबरी खेल्दै अंक बाँडे

३ पुस, काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लब र संकटा क्ललबे शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा दुवै टोलीले गोलको मुभ बनाउन सकेनन् ।

दोस्रो हाफमा दुवै टोलीले गोलका लागि प्रयास गर्दा पनि सफल हुन सकेन ।

६१औं मिनेटमा मछिन्द्रका मनिष डाँगीले सुनिल बलको क्रसमा गोल गरे पनि रेफ्रीले अफसाइड दिएका थिए । त्यसको विरुद्मा मछिन्द्रका खेलाडी र अफिसियलले प्रतिवाद गरेका थिए ।

खेलको अन्तिम १० मिनेटमा संकटाले गोल गर्ने दुई अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

खेलको ८१ औं मिनेटमा संकटाले गोलको राम्रो अवर बनाएको थियो । विदेशी खेलाडी फोडे फोफानाले बाया भागबाट प्रहार गरेको बल सेकेण्ड बारभन्दा नजिकैबाट बाहिरिएको थियो ।

खेलको ८८औं मिनेटमा फोफानाको क्रसमा जय गुरुङको हेडर पोष्टभन्दा थोरै माथिबाट बाहिरिँदा संकटाले अग्रता लिने अवसर गुमायो ।

बराबरीपछि मछिन्द्र ५ खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमै छ । मछिन्द्रले बराबरी खेल्दा दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबलाई फाइदा पुगेको छ । संकटा पाँच खेलबाट ९ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ ।

शुक्रबारै भएको अर्को खेलमा त्रिभुवन आर्मी एफसीले सातदोबाटो युथ म्लबसँग १-१ को बराबरी खेलेको थियो ।



from Online Khabar https://ift.tt/3e3f6RL

Post a Comment

0 Comments