१६ मंसिर, काठमाडौं । स्पानिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिडले एथ्लेटिक विल्वाओलाई १-० ले पराजित गरेको छ ।
रियलको लागि करिम बेन्जामाले एक मात्र गोल गरे । उनले खेलको ४०औं मिनेटमा लुका मोडरिचको पासमा गरेको गोल नै रियलाई जिताउन निर्णायक बन्यो ।
जितपछि रियलले दोस्रो स्थानमा रहेको छिमेकी एट्लेटिको मड्रिडमाथि ७ अंकको अग्रता बनाएको छ । रियलले १५ खेलबाट ३६ अंक जोडेको छ । एक खेल कम खेलेको एट्लेटिकोको २९ अंक छ ।
विल्वाओ १५ खेलबाट २० अंकसहित आठौं स्थानमा छ ।
from Online Khabar https://ift.tt/3EeQ0Lh
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।