बन मुद्दाका फरार अभियुक्तलाई प्रहरीले उदयपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर–६ घर भएका भक्तबहादुर खड्का छन् । ५८ वर्षीय खड्कालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमार्फत पक्राउ गरेर कारागारमा थुनामा पठाइएको जिल्ला अदालत उदयपुरका तहसिलदार देवराज भट्टराईले रातोपाटीलाई बताए ।रुख हानी नोक्सानी गरेको मुद्दामा २०७४ फागुन १५ मा अदालतले उनलाई ३५ लाख ४२ हजार २ सय ४५ रुपैयाँ जरिवाना र १ महिना कैद हुने फैसला गरेको थियो ।खड्काले जरिवाना तोकिएको पैसा तिरेका छैनन् ।
from रातोपाटी https://ift.tt/3yQ59AP
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।