ब्रेकिङ न्युज

6/recent/ticker-posts

३५ लाख जरिवाना तोकिएका बन मुद्दाका फरार अभियुक्त जेल चलान

बन मुद्दाका फरार अभियुक्तलाई प्रहरीले उदयपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर–६ घर भएका भक्तबहादुर खड्का छन् । ५८ वर्षीय खड्कालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमार्फत पक्राउ गरेर कारागारमा थुनामा पठाइएको जिल्ला अदालत उदयपुरका तहसिलदार देवराज भट्टराईले रातोपाटीलाई बताए ।रुख हानी नोक्सानी गरेको मुद्दामा २०७४ फागुन १५ मा अदालतले उनलाई ३५ लाख ४२ हजार २ सय ४५ रुपैयाँ जरिवाना र १ महिना कैद हुने फैसला गरेको थियो ।खड्काले जरिवाना तोकिएको पैसा तिरेका छैनन् ।

from रातोपाटी https://ift.tt/3yQ59AP

Post a Comment

0 Comments