ब्रेकिङ न्युज

6/recent/ticker-posts

काँग्रेस केन्द्रीय सदस्यमा गणेश लामा विजयी

विजय कुमार गच्छदार निकट गणेश लामा काँग्रेस केन्द्रीय सदस्यमा विजयी भएका छन् । आइतबार सम्पन्न खुला केन्द्रीय सदस्यको मतगणनाअनुसार काभ्रेका लामा केन्द्रीय सदस्यमा विजयी भएका हुन् । उनले १७८२ मत पाएर विजय हासिल गरे । उनी गच्छदारको कोटामा शेरबहादुर देउवा प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार रहेका थिए । गच्छदार भने उपसभापतिमा दुई मतले पराजित भएका थिए भने उनले पुनः मतगणनाको माग गर्दै आएका छन् । लामाको विगत भने विवादास्पद रहेको छ । उनी गुण्डागर्दीको आरोपमा मुछिँदै आएका थिए 

from रातोपाटी https://ift.tt/3e3h1G9

Post a Comment

0 Comments