ब्रेकिङ न्युज

6/recent/ticker-posts

नारायणगढको कमलनगर चोकमा आगलागी, रातिदेखि लागेको आगो अझै नियन्त्रणमा आएन

१५ वैशाख, चितवन । चितवनको नारायणगढ बजारस्थित कमलनगर चोकमा भिषण आगलागी भएको छ ।

तुलसीराम सापकोटाको चार तले घरमा गएरातिदेखि लागेको आगो आज बिहानसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

चितवनका प्रहरी प्रमुख नवराज अधिकारीले दमकलहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको जानकारी दिए ।

डिएसपी नरहरी अधिकारीका अनुसार प्रहरीले आगो लागेको जानकारी आज बिहानपख २ बजेमात्रै पाएको थियो । त्यसलगत्तै टोली घटनास्थलमा पुगेर आगो निभाउन सुरु गरेको थियो ।

सुरुमा भरतपुर महानगरपालिकाको एउटा दमकल बोलाएर आगो निभाउन सुरु गरे पनि त्यसलमात्र नसकेपछि खैरहनी नगरपालिकाका २ वटा दमकल र नेपाली सेनाको एउटा दमकल पनि झिकाइएको थियो । ‘चारवटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । अब दुई÷चार प्रतिशत आगो निभाउन बाँकी छ,’ डिएसपी अधिकारीले भने ।



from Online Khabar https://ift.tt/GPLAg0Y

Post a Comment

0 Comments