ब्रेकिङ न्युज

6/recent/ticker-posts

कलाकारले कुन-कुन केन्द्रबाट मतदान गर्दैछन् ?

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि आज देशभर मतदान हुँदैछ । सेलिव्रिटीले समेत आ-आफ्नो निर्वाचन क्षेत्रमा मतदान गर्दैछन् ।

कतिपय कलाकार चाहिँ विभिन्न कारणवश मतदान गर्नबाट बञ्चित हुने देखिएको छ ।

अभिनेता राजेश हमालले लैनचरस्थित शान्ति विद्या निकेतन मतदान केन्द्रबाट मतदान गर्दैछन् । अभिनेत्री करिश्मा मानन्धरले लाजिम्पाट मतदान केन्द्रबाट भोट हाल्नेछिन् ।

अभिनेत्री केकी अधिकारीले चावहिलस्थित मतदान केन्द्रबाट भोट हाल्नेछिन् । अभिनेता दीपकराज गिरीले दहचोक मतदान केन्द्रबाट मतदान गर्दैछन् । दीपाश्री निरौलाले बिराटनगरबाट मतदान गर्नेछिन् ।

‘नाई नभन्नू ल ६’ फिल्मको छायांकनमा व्यस्त हुनुपरेकाले अभिनेत्री आँचल शर्माले यसपटक भोट हाल्नबाट बञ्चित हुने देखिएको छ । उनी अहिले झापामा छिन् र उनको मतदान केन्द्र काठमाडौं–४ हो ।

अभिनेत्री रेखा थापा राप्रपाबाट आफै उम्मेदवार भएकाले उनी आफ्नै निर्वाचन क्षेत्र मोरङ-३ मा सक्रिय छिन् । उनको मतदान थलो चाहिँ काठमाडौंको मित्रपार्क हो । रेखा पनि मतदानबाट बञ्चित हुने देखिएको छ ।

कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अमेरिकामा भएकाले उनीहरु मतदानबाट बञ्चित हुनेछन् ।

भुवन केसी र अनमोल केसीले पुरानो बानेश्वरस्थित केन्द्रबाट मतदान गर्दैछन् । अन्य कलाकार पनि मतदानकोे लागि आ-आफ्नो निर्वाचन क्षेत्रतर्फ पुगेका छन् ।



from Online Khabar https://ift.tt/zZLgFon

Post a Comment

0 Comments