ब्रेकिङ न्युज

6/recent/ticker-posts

कांग्रेस र एकीकृत समाजवादीको बैठक बस्दै, विश्वासको मतबारे निर्णय गर्ने

२६ पुस, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने निर्णय आज गर्दैछन् ।

त्यसबारे निर्णय गर्न दुवै दलको संसदीय दलको बैठक छुट्टाछुट्टै बस्दै छ । संसदीय दलको बैठक अघि कांग्रेसको पदाधिकारी र एकीकृत समाजवादीको सचिवालय बैठक बस्ने छ । बैठकबाट विश्वासको मतबारे निर्णय गर्ने दुवै दलका नेताहरुले बताएका छन् ।

यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आजको संसद बैठकमा विश्वासको मत लिने कार्यसूची छ । संसद बैठक बिहान ११ बजे बोलाइएको छ ।

कांग्रेस र एकीकृत समाजवादीसहितको गठबन्धनबाट अलग भएर माओवादी अध्यक्ष प्रचण्ड नेकपा एमालेसँग मिलेर प्रधानमन्त्री बनेको भन्दै कांग्रेस र एकीकृत समाजवादी असन्तुष्ट छन् ।



from Online Khabar https://ift.tt/RBi0hGO

Post a Comment

0 Comments