ब्रेकिङ न्युज

6/recent/ticker-posts

मस्कोबाट गोवा आउँदै गरेको विमानमा बमको हल्ला, गुजरातमा आकस्मिक अवतरण

२६ पुस, काठमाडौं । रुसको राजधानी मस्कोबाट भारतको गोवा आउँदै गरेको एक चार्टर्ड विमानमा बम रहेको सूचना पाएपछि आकस्मिक अवतरण गराइएको छ । मस्कोबाट आएको अजूर एयरको विमानलाई सोमबार राति गुजरातको जामनगरमा आकस्मिक अवतरण गराइएको हो ।

समाचार एजेन्सी पीटीआईका अनुसारमा विमान २३६ यात्रु र चालक दलका ८ सदस्य थिए । गोवाको डेबोलिम एयरपोर्टमा अवतरण गर्नुपर्ने उक्त विमानलाई जामनगरस्थित भारतीय वायु सेनाको एयरपोर्टमा अवतरण गराइएको थियो ।

सबै यात्रुहरुलाई सुरक्षित रुपमा बाहिर निकालेपछि प्रहरी र बम डिस्पोजल टोलीले विमानको जाँच गरिरहेका समाचार एजेन्सी एएनआईले जनाएको छ ।

भारतीय अधिकारीहरुले उक्त विमानमा बम रहेको धम्की आएको जानकारी नयाँदिल्लीमा रहेको रुसी दूतावासमा गराएका थिए । विमानमा बमको हल्लापछि भारतका विमानस्थलहरुमा सुरक्षा सतर्कता बढाइएको छ ।



from Online Khabar https://ift.tt/x9gGJWO

Post a Comment

0 Comments