ब्रेकिङ न्युज

6/recent/ticker-posts

मणिपाल अस्पतालमा तोडफोड गरेको आरोपमा ७ जना पक्राउ

१२ असोज, पोखरा । मणिपाल अस्पतालमा भएको तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सजित मुल्मी, मनिष थापा, अविनाश गुरुङ, अरुण, नितेश, विवेक र प्रदीप गुरुङ छन् । उनीहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐनअनुसार म्याद थप गरेर अनुसन्धान गरिने कास्कीका एसपी मोहन थापाले जानकारी दिए ।

बिरामीको मृत्यु भएको विषयलाई लिएर मणिपालमा डाक्टरमाथि कुटपिटका साथै अस्पतालमा तोडफोड भएको थियो ।



from Online Khabar https://ift.tt/WOdl1BL

Post a Comment

0 Comments