ब्रेकिङ न्युज

6/recent/ticker-posts

बागमती प्रदेशको एमाले अध्यक्षमा कैलाश ढुंगेल विजयी

१२ असोज, काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा अर्का प्रत्यासी कृष्णप्रसाद दाहाललाई २५७ मतले पछि पार्दै ढुंगेल अध्यक्षमा विजयी भएका हुन् ।

ढुङ्गेल ६९६ मत पाएर विजयी हुँदा दाहालले ४३९ मत पाएका छन् ।

उपाध्यक्ष पदमा दावा दोर्जे लामा विजयी भएका छन् ।

यसैगरी सचिवमा नवराज सिलवाल एक मतले विजयी भएका छन् । सिलवाल ५६८ मतले विजयी हुँदा अर्का प्रत्यासी हस्त पण्डितले ५६७ मत पाएका छन् ।

खुला उपसचिवमा प्रेम कुमार महर्जन र महिला उपसचिवमा भक्त कुमारी लामा विजयी भएका छन् ।

सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि विद्युतीय मेसिनमार्फत् पार्टी कार्यालय च्यासलमा आज मतदान भएको थियो । मतदानमा ११३५ मत खसेको थियो ।



from Online Khabar https://ift.tt/9pdyEo7

Post a Comment

0 Comments