ब्रेकिङ न्युज

6/recent/ticker-posts

नेपालविरुद्ध भारतका जैसवालको शतक

१६ असोज, काठमाडौं । ओपनर यशस्वी जैसवालले विष्फोटक ब्याटिङ गर्दै १९औं एसियाडको पुरुष क्रिकेट क्वाटरफाइनलमा नेपालविरुद्ध शतक हानेका छन् ।

जैसवालले ४८ बलमा १०० रन बनाएका हुन् । उनले ७ छक्का र ८ चौका प्रहार गर्दै शतक हानेका हुन् ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले जैसवालको विष्फोटक ब्याटिङमा १६ ओभरमा चार विकेटको क्षतिमा १४९ रन बनाएर खेलिरहेको छ ।

१०० रन बनाएसँगै जैसवाल दीपेन्द्रसिंह ऐरीबाट आउट भएका छन् ।



from Online Khabar https://ift.tt/7yk4xU2

Post a Comment

0 Comments