ब्रेकिङ न्युज

6/recent/ticker-posts

सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन आज

५ माघ, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे प्रदेश सभा भवन धनगढी कैलालीमा बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

सुदूरपश्चिम मन्त्रिपरिषदको सिफारिस अनुसार प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश सभा सचिवालयलाई सरकारले बिजनेस दिन नसकेकाले आजको बैठक औपचारिकतामा सीमित हुने छ । अधिवेशनको पहिलो दिन भएकाले दलका नेताहरुले प्रदेश सभा बैठकलाई सम्बोधन गर्नेछन् ।



from Online Khabar https://ift.tt/7oyaeNk

Post a Comment

0 Comments