ब्रेकिङ न्युज

6/recent/ticker-posts

ललितपुरका विभिन्न स्थानमा आज ६ घण्टा विद्युत आपूर्ति बन्द हुँदै

५ माघ, काठमाडौं । ललितपुरका विभिन्न स्थानमा आज ६ घण्टासम्म विद्युत आपूर्ति बन्द हुँदै छ ।

नेपाल विद्युत प्राधिकरणको लगनखेल वितरण केन्द्रका अनुसार चिबहाल गेटदेखि सिमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो ।

गोदावरी नगरपालिकाका वडा नम्बर ११, १२, १३, ५ र ६ नम्बर वडामा बिजुली बन्द हुने छ ।

यसैगरी लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासी लगायतका स्थानहरुमा पनि बिजुलीको लाइन काटिने प्राधिकरणले जनाएको छ ।

काम निर्धारित समयभन्दा अगाडि नै सम्पन्न भएमा अगाडि नै लाइन सुरु हुनसक्ने पनि प्राधिकरणले जनाएको छ ।



from Online Khabar https://ift.tt/cTe6tb7

Post a Comment

0 Comments