ब्रेकिङ न्युज

6/recent/ticker-posts

गुल्मीको भंगारीका बासिन्दा सति घाटु नाँचको संरक्षणमा जुट्दै

१२ जेठ, गुल्मी । पश्चिम क्षेत्रअन्तर्गत गुल्मीमा सति घाटु नाँचलाई विशेष रुपमा मनाउने गरिएको छ । पारम्पारिक लोक सँस्कृति मानिने यस नाँच स्थानीय देवीदेवतासँग प्रत्यक्ष जोडिएको हुन्छ ।

मगर र गुरुङ जातिमा प्रचलित सति घाटु नाँच वैशाख पूर्णिमाको दिनबाट विधिपूर्वक पूजा गरेर सुरु भएको छ । यो नाच वैशाख पूर्णिमाको दिनबाट सुरु भएर जेठको औंसीमा सम्म नाच्ने गरिन्छ ।

गुल्मीको रेसुङ्गा नगरपालिका–१३ भंगारी क्षेत्र सति घाटु नाँचको लागि प्रख्यात ठाउँ मानिन्छ । सति घाटु नाँच मादल र गीतको तालमा नाचिने शास्त्रीय नाच हो ।

कन्याहरुमा देवीदेवता चढेपछि नाच्ने क्रममा कन्याहरु बेहोसी हुने गर्छन् । यो क्रममा मादलको ताल र गीत बिग्रेमा कन्या बेहोस भइरहने साथै ताल र गीत मिलेमा बेहोसीपन हट्ने मान्यता रहिआएको छ ।

यो नाच मगर र गुरुङ जातिमा प्रचलित छ । घाटु नाच आवश्यक विषयवस्तुमा पूर्वतयारी गरेर प्रदर्शन गर्ने गरिन्छ ।

रितपूर्वक नाचिने सति घाटु नाँचलाई गुल्मीको यो ठाउँमा विशेष महत्वका साथ हेरिन्छ ।

नाचका क्रममा कन्याहरुमा देवि देवता बोलाउने र छोड्ने पनि गीतका माध्यबाट नै हुने गर्दछ ।

पूर्खाहरुले मौखिक रुपमा हस्तातरण गर्दै आए पनि यसको कुनै लिपी बद्ध तथ्याङक भने छैन् । तर, भंगारीका गुरुङ र मगर समुदायले पछिल्लो १० वर्ष यता सति घाटु नाचलाई व्यवस्थित रुपमा प्रदर्शन गर्दै आएको घाटु नाँच संयोजक यज्ञमूर्ति थापा श्रीसले बताए ।

उनले परम्परादेखि चलरिहेको लोक संस्कृतिलाई केही कार्यक्रमहरुमा बोलाए प्रर्दशन पनि गर्ने गरेको उनले बताए । यो नाच नाच्नाले गाउँमा प्राकृतिक विपत्तिहरु नआउने भन्ने पुरानो मान्यता पनि रहिआएको श्रीसले बताए ।

यो नाचले सामाजिक सद्भाव पनि राख्ने गरेको स्थानीयको भनाइ छ । पारस्पारिक सम्बन्ध स्थापित गराउन यो नाचले सहयोग स्थानीयको विश्वास छ ।

देवीदेवताको स्वरुपमा नाच्ने र गाउने गरी यो सँस्कृति कायम नै छ । यसको संरक्षणमा स्थानीय सरकारले पनि सहयोग गर्दै आएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए ।

उनले यसको संरक्षणमा नगरपालिकाले कुनै पनि कमी नराख्ने पन्थीले बताए ।

अघिल्लो पुस्तामा यो नाँच निकै चर्चामा थियो । तर, हाल आएर लोपन्मुख अवस्थामा पुगेको छ ।

हरेक वर्ष श्रीपञ्चमीमा सुरु भई वैशाख पूर्णिमाको दिन भव्यताका साथ प्रदर्शन गर्ने र जेठ औंसीमा घाटु नाँचको समापन गर्ने गरिन्छ । सति घाटु नाँचको प्रर्दशनसँगै विभिन्न परिकारहरु समेत खाने प्रचल रहेको छ ।

भंगारी क्षेत्रमा यो सँस्कृतिको संरक्षण गरेसँगै यहाँ होमस्टे संचालन गरिएको छ । सति घाटु नाँच संरक्षणको लागि वडा तहबाट पनि विभिन्न रचनात्मक सहयोग हुँदै आएको रेसुङ्गा नगरपालिका वडानम्बर–१३ का वडाअध्यक्ष हुमाबहादुर बस्नेतले बताए ।

वडा भित्रका कला संस्कृतिको संरक्षणमा नगरपालिकाले संरक्षण गर्दै आएको उनले बताए ।



from Online Khabar https://ift.tt/rUfwPQt

Post a Comment

0 Comments