ब्रेकिङ न्युज

6/recent/ticker-posts

यमन विरुद्ध सन्जिवले गरे बराबरी गोल

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा नेपालले यमन विरुद्ध बराबरी गोल फर्काएको छ । साउदी अरेबियाको दम्मानमा भइरहेको खेलमा नेपालका लागि सन्जिव विष्टले २२औं मिनेटमा बराबरी गोल गरेका हुन् ।

त्यसअघि आठौं मिनेटमै नासेर अल गाहवासीले पेनाल्टीमा गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए ।

छनोटको दोस्रो चरणको समूह एचमा रहेको नेपालको यो पहिलो गोल हो । यसअघिको पाँच खेलमा नेपालमा पराजित हुँदा गोल गर्न सकेको थिएन ।



from Online Khabar https://ift.tt/qipwTVl

Post a Comment

0 Comments