ब्रेकिङ न्युज

6/recent/ticker-posts

दाङमा खोलाले अटो बगाउँदा २ जना बेपत्ता, ३ जनाको उद्धार

१९ साउन, तुलसीपुर । दाङमा अटो चढेका दुई जनालाई खोलाले बगाएको छ ।

शुक्रबार राति साढे ७ बजे तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको अटो काला खोलाले बगाउँदा दुई जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले बताए ।

तुलसीपुर उपमहानगरपालिका-४ खाद्रेतर्फ जाँदै गर्दा अटो खोलाले बगाएको हो ।

अटोमा सवार पाँच जनामध्ये तीन जना सकुसल रहेका छन् ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । नियमितको वर्षाका कारण दाङका नदी तथा खोलामा पानीको बहाव बढेको छ ।



from Online Khabar https://ift.tt/nZBqAJK

Post a Comment

0 Comments