ब्रेकिङ न्युज

6/recent/ticker-posts

सामूहिक बलात्कारको आरोपमा ३ विद्यार्थी पक्राउ

१८ साउन, चितवन । चितवनको माडी नगरपालिकामा मानसिक समस्या भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा ३ जना विद्यार्थीहरु पक्राउ परेका छन् ।

माडी नगरपालिका– ७ किर्तनपुर नजिकै एक २७ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना विद्यार्थीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख केदारमान दोङले जानकारी दिए ।

पक्राउ परेका विद्यार्थीहरु चितवन बाहिरका जिल्लाबाट पढ्न माडी आएर बसेका १७, १८ र २१ वर्ष उमेरका छन् ।

माडीको एक प्राविधिक शिक्षालयमा अध्ययनरत ती विद्यार्थीहरुले डेरा लिएर बसेको घरको कोठामा महिलालाई ल्याएर बलात्कार गरेको आरोप छ ।

आरोपीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको छ । उनीहरु विरुद्ध मुद्दा दर्ता भएर म्याद थप भई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।



from Online Khabar https://ift.tt/WeKD3Po

Post a Comment

0 Comments